निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सीके राउतसहित दर्जन बढी कार्यकर्ता पक्राउ

काठमाडौं । ‘राष्ट्रिय धोती दिवस’को अवसरमा र्‍याली लिएर माइतीघर जान खोजेपछि जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत दर्शन बढी पक्राउ परेका छन् ।

सरकारले हाल माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

दिवस मनाउन राउत नेतृत्वको टोली त्यस क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरिएको जनाएको छ । बबरमहलस्थित कला परिषदमा जम्मा भएर माइतीघर जान खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया